Kathmandu Press

‘राम्रो र फरक कथा भन्न निर्देशक बनेँ’

यसअघि ‘कबड्डी’ श्रृंखलाका फिल्ममार्फत राम्रो लेखकको छवि बनाएका सुब्बाले आफू योजनागत रुपमा निर्देशकन बनेको बताएका छन्।
‘राम्रो र फरक कथा भन्न निर्देशक बनेँ’

काठमाडौं, चैत ११ : कवि उपेन्द्र सुब्बा फिल्म निर्देशक बनेका छन्। उनी फिल्म ‘जारी’ मार्फत् निर्देशनमा होमिएका हुन्।

यसअघि ‘कबड्डी’ श्रृंखलाका फिल्ममार्फत राम्रो लेखकको छवि बनाएका सुब्बाले आफू योजनागत रुपमा निर्देशकन बनेको बताएका छन्। उनले राम्रो र कथा भन्नका लागि निर्देशक बनेको बताए।

Hardik ivf

‘म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ’, फिल्म जारीको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ।’

उनले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिए।

अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको जनाकारी दिए। ‘यसले श्रीमान्सँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ। जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौ’, उनले भने।

यस्तै, अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन्। उनले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरेको बताइन्।

फिल्म रामबाबु गुरुङले निर्माण गरेका हुन् । कार्यक्रममा उनले राम्रो कथालाई दर्शकसम्म पु¥याउन आफू र आफ्नो टिमले निर्माणममा सहकार्य गरिरहेको बताए। चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति: ११:२४ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्