विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण : सभामुख गुरुङ

सुर्खेत, चैत ११ : कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।
प्रदेशसभा सचिवालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको बताइन्।
उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको उल्लेख गरिन्। कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै गुरुङले यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको बताइन्।
प्रकाशित मिति: १०:५४ बजे, शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-ink-1740145376.jpeg)
