निर्देशनमा अभिनेत्री बेनिशा हमाल
विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेकसिंह ठकुरीले अभिनय गरेका छन्।
काठमाडौं, चैत ११ : चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छिन्। बनिसाको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएप मार्फत सार्वजनिक भएको छ।
विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेकसिंह ठकुरीले अभिनय गरेका छन्।
अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा निर्देशनको सुरूआत गरेको अभिनेत्री हमालले जानकारी दिइन्।
'निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिनँ । यो मेरो सुरूआत हो', उनले भनिन्, 'आगामी दिनमा कथावस्तु र टिम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ।'
यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ। चौध चलचित्रमा अभिनय गरिसक्नुभएकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’ अहिले प्रदर्शनरत छ ।









-1783580717.jpeg)

