संसद् बैठक सुरू हुँदै, आजै दुइटा बैठक बस्ने, पहिलाेमा उपसभामुखले बाेल्ने र दाेस्राेमा राजीनामा
काठमाडौं, माघ ६ : प्रतिनिधिसभाको बैठक केहीबेरमा सुरू हुँदै छ। आज दुइटा बैठक बस्ने भएका छन्।
संसदको बैठक दिउसो १ बजे बोलाइएको छ। पहिलो बैठकको....
काठमाडौं, माघ ६ : प्रतिनिधिसभाको बैठक केहीबेरमा सुरू हुँदै छ। आज दुइटा बैठक बस्ने भएका छन्।
संसदको बैठक दिउसो १ बजे बोलाइएको छ। पहिलो बैठकको अध्यक्षता उपसभामुख डा.तुम्बोहाङफेले गर्नेछिन्।
पहिलो बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले बोल्ने कार्यतालिका तय गरिएको छ। उनले आफ्नो धारणा राख्ने संसद सचिवालय स्रोतले जनाएको छ।
त्यसपछि पहिलो बैठक स्थगित हुनेछ। त्यहिवेला उपसभामुख डा.तुम्बाहाङफेले राजीनामा दिने स्रोतले जनाएको छ।
दोस्रो बैठक अपराह्न ४ बजे बस्नेछ। त्यसको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। त्यहि बैठकमा सभामुख चयनको प्रक्रिया सुरू हुने जनाएको छ।
यस अघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। छलफलमा उपसभामुख डा.तुम्बाहाङफेलाई राजीनामा गर्न सहमत गराइएको जनाएको छ।
नेकपाले सभामुखका लागि स्थायी समिति सदस्य अग्नी सापकोटालाई उम्मेदावर बनाउने आइतबार नै निर्णय गरेको थियो। उपसभामुख डा.तुम्बाहाङफेले पनि उम्मेदवार तय भएपछि मात्रै राजीनामा दिने बताउदै आएकी थिइन्।




