एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल
एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताए।
जनकपुर, चैत ११ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्।
एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताए।
'हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ तर एमाले एक्लो छैन । अर्को चुनावमा एकल बहुमत ल्याउने गरी आजैदेखि हामी जुटिसकेका छौँ', उपाध्यक्ष पौडेलले भने।
एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले मिसन ग्रासरुट अभियानको पहिलो प्राथमिकता सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माण रहेको बताए।
प्रकाशित मिति: ०७:२३ बजे, शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-ink-1740145376.jpeg)