Kathmandu Press

प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली

प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली

झापा, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन।

बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे । 

'प्रदेशको नामाङ्कन ठीक ढङ्गले भएको छ,' उनले भने, 'मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन ।' वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, 'कोशी प्रदेश उपयुक्त छ । अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ ।'

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्