एआइजी वसन्तबहादुर कुँवर आइजिपीमा नियुक्त
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले वरियता क्रममा १ नम्बरमा रहेका उनलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो।
काठमाडौं, चैत १० : नेपाल प्रहरीको आइजिपीमा एआइजी वसन्तबहादुर कुँवर नियुक्त भएका छन्।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा १ नम्बरमा रहेका उनलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो।
बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मेरिट बेस अनुसार एक नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।
मधेस प्रहरी प्रमुख रहेका कुँवर केही दिनअघि मात्र डिआइजीबाट एआइजीमा बढुवा भएका थिए। आइजिपी बन्ने लाइनमा कुँवरसहित एआइजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए।
सरकारले चैत ६ गते कुँवरसँगै डिआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको थियो। हालको ३० वर्षे सेवा अवधि संशोधन नभए उनले एक वर्ष प्रहरीको नेतृत्व गर्नेछन्।
चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन्।








![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)


