Kathmandu Press

संगीत-नाट्य प्रतिष्ठानमा अयोग्य व्यक्ति नियुक्त गरिएको भन्दै खारेजीको माग

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले ऐन मिचेर गरिएको नियुक्ति प्रक्रिया बदरको लागि सर्बोच्च अदालतमा रिट दर्ता गरेको जनाएको छ।
संगीत-नाट्य प्रतिष्ठानमा अयोग्य व्यक्ति नियुक्त गरिएको भन्दै खारेजीको माग

काठमाडौं, चैत १० : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सरकारले अयोग्य व्यक्तिहरु नियुक्त गरेको भन्दै संयुक्त संघर्ष समितिले नियुक्ति खारेजीको माग गरेको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले ऐन मिचेर गरिएको नियुक्ति प्रक्रिया बदरको लागि सर्बोच्च अदालतमा रिट दर्ता गरेको जनाएको छ।

Hardik ivf

संघर्ष समितिका संयोजक जीवन थापाले सरकारद्वारा गरिएका कुलपति लगायतका नियुक्ति प्रचलित ऐन तथा कानुन मिचेर गरिएकोले त्यसलाई बदर गरी नीति र विधिअनुसार गर्न माग गरे।

उनले  सिफारिस समितिले झ्यालबाट छिरेर राम्रा भन्दा आफ्ना मान्छे प्रवेश गराएको आरोप लगाउनुभयो। थापाले राज्यबाट कलाकारहरुमाथि उपेक्षा गरिएको जिकिर गरे।

त्यस्तै संघर्ष समितिका सल्लाहकार तथा नाटककार बिजय विष्फोटले प्रचलित ऐन तथा कानुमा नियुक्ति प्रक्रिया प्रष्ट भए पनि त्यसलाई लत्याएर सरकार अघि बढेको आरोप लगाए। 

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्