लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने कांग्रेसकाे निर्णय
लुम्बिनीमा कांग्रेस दोस्रो ठुलो दल हो। त्यहाँ कांग्रेसका २७ सांसद छन्। लुम्बिनीमा १० सांसदसहित माओवादी केन्द्र तेस्रो दलका रूपमा रहेकाे छ।
बुटवल, चैत १० : नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएकाे छ।
कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
लुम्बिनीमा माओवादी केन्द्रले सरकारको नेतृत्व दाबी गरे पनि कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार बनाउने निर्णय गरेको जनाइएकाे छ।
लुम्बिनीमा कांग्रेस दोस्रो ठुलो दल हो। त्यहाँ कांग्रेसका २७ सांसद छन्। लुम्बिनीमा १० सांसदसहित माओवादी केन्द्र तेस्रो दलका रूपमा रहेकाे छ।
प्रदेश सभाको दोस्रो ठुलो दल भएकाले नेपाली कांग्रेसले नेतृत्व नछाड्ने कुरामा सबै माननीयको एक मत रहेको उनले बताए। केन्द्रमा बनेको सत्ता समीकरणअनुसार प्रदेश सरकारहरु पनि पुनर्गठन गर्न कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिएकाे एक नेताले बताए।
यतिखेर लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री छन्। उनी नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सामेल छ। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेकाे छ।









![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)

