Kathmandu Press

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

विश्वासको मतका लागि भएको मतjlभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।
मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हैटाैंडा, चैत १० : वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रबार बसेको वागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्।

विश्वासको मतका लागि भएको मतjlभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।

त्यस्तै ७ सांसद तटस्थ रहेको  वागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए।

जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो।

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्