भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
बिबिसी हिन्दीले जनाएअनुसार बिहीबार सुरत जिल्ला अदालतले गान्धीको संसद् सदस्य रद्द हुने गरी फैसला सुनाएको हो। गान्धीविरुद्ध मानहानीको मुद्दा थियाे।
काठमाडौं, चैत १० : भारतको एक अदालतले कांग्रेसका नेता राहुल गान्धीको सांसद पद जानेगरी फैसला सुनाएको छ। फैसलापछि गान्धीको सांसद पद खारेज भएको छ।
बिबिसी हिन्दीले जनाएअनुसार बिहीबार सुरत जिल्ला अदालतले गान्धीको संसद् सदस्य रद्द हुने गरी फैसला सुनाएको हो। गान्धीविरुद्ध मानहानीको मुद्दा थियाे।
सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्दै दिएको अभिव्यक्तिका कारण गान्धीले मानहानीको मुद्दा खेप्दै आएका थिए। यही मुद्दामा उनी दोषी ठहर भएपछि सांसदका लागि अयोग्य भएका हुन्।
गान्धीको अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका तर्फबाटठ गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उजुरी दायर गरेका थिए। मानहानी ठहरसँगै गान्धीलाई दुई वर्ष जेल सजाय तोकिएको छ।
यद्यपि जेलबाहिरै बसेर गान्धीले जिल्ला अदालतको फैसलाविरुद्ध हाइकोर्टमा अपिल गर्न पाउनेछन्।









![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)

