Kathmandu Press

स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राखे।
स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी

पोखरा, चैत १० : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताएका छन्। 

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उनले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राखे।

'स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा सङ्घ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण गर्नुपर्छ', मुख्यमन्त्री अधिकारीले भने, 'दिगो विकासका लक्ष्य हासिल गर्ने गरी तीनै तहका सरकार मिलेर काम गर्नुको विकल्प छैन ।' 

स्थानीय तहलाई अधिकार र स्रोतसाधन सम्पन्न नबनाए जनअपेक्षा पूरा गर्न नसकिने उनको भनाइ छ । आवश्यकता र प्राथमिकता निर्धारण गरी विकासका आयोजना सञ्चालन गर्न स्थानीय तहका पदाधिकारीहरुलाई मुख्यमन्त्री अधिकारीले सुझाव दिए। 

उनले आफू सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्दा स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका काम गर्न प्रदेश सरकार तयार रहेको बताए।

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्