सडक बनाउन राखिएका एस्काभेटरमा विष्फोट र आगजनी
मोरङ, माघ ६ : सडक निर्माणका लागि राखिएका तीन वटा एस्काभेटरमा आज बिहान विष्फोट गरिएको छ। विस्फोटसँगै आगजनी गर्दा एस्काभेटरमा क्षति पुगेको जनाएको छ।
....
मोरङ, माघ ६ : सडक निर्माणका लागि राखिएका तीन वटा एस्काभेटरमा आज बिहान विष्फोट गरिएको छ। विस्फोटसँगै आगजनी गर्दा एस्काभेटरमा क्षति पुगेको जनाएको छ।
सोमबार बिहान मोरङको मिक्लाजुङ गाउँपालिकास्थित रमिते रहेका एस्काभेटरमा विस्फोट गराइएको हो। मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि तीन वटा एस्काभेटर राखिएको थियो। तीनै एस्काभेटरमा आगजनी भएको स्थानीय वासिन्दालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यो सडक निर्माणका लागि प्रदेश १ सरकारले ५८ करोड ५६ लाख विनियोजन गरेको थियो। काम गर्नका लागि राखिएका तीन एस्काभेटरमा विष्फोट गराउनुका साथै आगजनी पनि भएको स्थानीय वासिन्दाले बताए।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। तर, यसको एकीन भएको छैन।
जिल्ला प्रहरी कार्यालय, मोरङले मधुमल्ला इलाका प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा पठाएको छ। प्रहरी टोली पुगेपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




