वाग्मती सरकारबाट बाहिरियाे एमाले
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका थपलियाले सरकारबाट बाहिरिनुअघि प्रदेशसभालाई सम्बोधन गरेका थिए।
हेटौंडा, चैत १० : वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सदनमै राजीनामा बुझाएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका थपलियाले सरकारबाट बाहिरिनुअघि प्रदेशसभालाई सम्बोधन गरेका थिए। त्यसक्रममा उनले अब नेकपा एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहने बताउँदै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए। मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार सदनबाट दोस्रोपटक विश्वासको मत लिँदैछन्।
प्रदेश सरकारमा एमालेबाटै एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए।माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर पुस २६ गते प्रदेश सरकार बनेको थियो। सरकारले पूर्णता भने माघ ११ गते पाएको थियो।
यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए।









![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)

