Kathmandu Press

झन्डै २२ लाख नेपालीकाे बसोबास विदेशमा

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजाअनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो।
झन्डै २२ लाख नेपालीकाे बसोबास विदेशमा

काठमाडौं, चैत १० : झन्डै २२ लाख नेपाली विदेशमा बसोबास गर्ने गरेको देखिएको छ।

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजाअनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो।

२०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गरेको पाइएको थियो। त्यसको तुलनामा अहिले २ लाख ६९ हजार ९८ जना नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको हो। 

जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेको नतिजाले देखाएको छ।

प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्