Kathmandu Press

नेपालमा ११.८ प्रतिशत परिवारको जग्गामा मात्र महिलाको स्वमित्व

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजाअनुसार करिब ७५ प्रतिशत परिवारको घर र जग्गा दुवैमा महिलाको स्वामित्व छैन।
नेपालमा ११.८ प्रतिशत परिवारको जग्गामा मात्र महिलाको स्वमित्व

काठमाडौं, चैत १० : नेपालमा ११.८ प्रतिशत परिवारको जग्गामा मात्र महिलाको स्वमित्व रहेको देखिएको छ। 

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजाअनुसार करिब ७५ प्रतिशत परिवारको घर र जग्गा दुवैमा महिलाको स्वामित्व छैन। कुनै स्वामित्व नै उल्लेख नभएको परिवारको संख्या १.७ प्रतिशत रहेको छ।

तथ्यांकअनुसार ६६ लाख परिवारमध्ये २.३ प्रतिशत परिवारमा घरको स्वामित्व महिलामा रहेको छ। यस्तै ९.७ प्रतिशत परिवारमा घर र जग्गा दुवैको स्वामित्व महिलाको छ। 

नतिजाअनुसार देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये आफ्नै घर रहेको ८६ प्रतिशत,  भाडामा बस्ने १२.८ प्रतिशत‚ संस्थागत  ०.६ प्रतिशत र अन्य ठाउँमा बसोबास गर्ने परिवारको संख्या ०.७ प्रतिशत रहेको छ। प्रतिपरिवार ४.३७ जना रहेको नतिजामा उल्लेख छ।

प्रतिवेदनअनुसार कुल परिवारको १३.३ प्रतिशत घरपरिवार देशभित्र बस्दैनन्। देशभित्रै रहे पनि ५७.१ प्रतिशत पुरुष र ४२.९ प्रतिशत महिला घरपरिवारसँग बस्दैनन्। त्यस्तै अनुपस्थित सदस्य देशभित्र नबस्नेको संख्या २३.३ प्रतिशत रहेको छ। विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्यामध्ये महिला १७.८ र पुरुष ८२.२ प्रतिशत छन्।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्