Kathmandu Press

उपराष्ट्रपति यादवद्वारा आभार प्रकट

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन्।
उपराष्ट्रपति यादवद्वारा आभार प्रकट

काठमाडौं, चैत १० : उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन्। 

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन्। उनले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका छन्। 

उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस जनविद्रोहलगायतका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु', उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यही चैत ३ गते सम्पन्न निर्वाचनमा यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्