काठमाडौं महानगरको जनसंख्या ८ लाख ६२ हजार, सबैभन्दा बढी वडा ३२ र कम वडा १६ मा
शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना संक्षिप्त नतिजाअनुसार महानगरमा कुल परिवार २ लाख ३८ हजार ९३३ रहेका छन्।
काठमाडौं, चैत १० : काठमाडौं महानगरपालिकामा ८ लाख ६२ हजार ४०० जनसंख्या रहेको छ।
शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना संक्षिप्त नतिजाअनुसार महानगरमा कुल परिवार २ लाख ३८ हजार ९३३ रहेका छन्।
काठमाडौंमा २० देखि २४ उमेर समूहको जनसंख्या सबैभन्दा बढी रहेको छ। काठमाडौं महानगरअन्तरगर्त सबैभन्दा बढी वडा नम्बर ३२ मा रहेका छन्। दोस्रोमा वाडा नम्बर १६ रहेको छ।
तर यो नतिजा काठमाडौंमा स्थायी बसोबास रहेकाहरूको हो। अस्थायी रूपले बसोबास गर्नेको संख्या पनि महानगरमा ठुलो छ।
प्रकाशित मिति: १३:३८ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार