Kathmandu Press

२.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता, महिलाभन्दा पुरुषमा बढी

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना संक्षिप्त नतिजाअनुसार कुल जनसंख्याका आधारमा २.५ प्रतिशत पुरुष र २ प्रतिशत महिलामा अपांगता रहेको देखिएको छ। 
२.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता, महिलाभन्दा पुरुषमा बढी

काठमाडौं, चैत १० : नेपालको कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको देखिएको छ।

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना संक्षिप्त नतिजाअनुसार कुल जनसंख्याका आधारमा २.५ प्रतिशत पुरुष र २ प्रतिशत महिलामा अपांगता रहेको देखिएको छ। 

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये ६ लाख ४७ हजार ७ सय ४४ जनामा कुनै न कुनै प्रकारको अपांगता रहेको र तीमध्ये ३ लाख ५१ हजार ३ सय १ पुरुष (५४.२ प्रतिशत) तथा २ लाख ९३ हजार ४ सय ४३ महिला (४५.८ प्रतिशत) रहेको नतिजाले देखाएको छ।

अपांगता भएका व्यक्तिमध्ये सबैभन्दा धेरैमा शारीरिक अपांगता ३७.१ प्रतिशत रहेको छ भने १७.१ प्रतिशतमा न्यूनदृष्टियुक्त अपांगता, ८.९ प्रतिशतमा बहुअपांगता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपांगता रहेको छ ।

अनुवांशीय रक्तश्राव (हेमोफेलिया) का कारण अपांगता भएका पुरुषको संख्या २३ सय ५७ र महिलाको संख्या २५ सय ८० रहेको छ। यस्तै २६ सय २८ महिला र २२ सय ५८ पुरुषमा अटिजमको समस्या देखिएको छ।

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्