हेर्नुहोस् जनगणना २०७८ को संक्षिप्त नतिजाको पूर्णपाठ
प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो। संक्षिप्त नतिजा भने आज सार्वजनिक गरिएको हो।
काठमाडौं, चैत १० : राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनसंख्याको पूरा विवरण सार्वजनिक गरेका हुन्।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो। त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो। संक्षिप्त नतिजा भने आज सार्वजनिक गरिएको हो।
नेपालमा १०–१० वर्षमा जनगणना हुने गर्छ। अहिले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
अघिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या २६ लाख ७० हजार ७४ बढेको छ।
हेर्नुहोस् जनगणना २०७८ को संक्षिप्त विवरणको पूर्णपाठ
प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











