Kathmandu Press

१० वर्षामा नेपालमा बढ्याे २६ लाख ७० हजार ७४ जनसंख्या, वाग्मती र काठमाडाैंमा बढी जनसंख्या

नयाँ तथ्यांकअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ पुगेको छ। 
१० वर्षामा नेपालमा बढ्याे २६ लाख ७० हजार ७४ जनसंख्या, वाग्मती र काठमाडाैंमा बढी जनसंख्या

काठमाडौं, चैत १० : नेपालको जनसंख्या नेपालको जनसंख्या ३ करोड नजिक पुगेको  छ। २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको आधिकारिक घोषणा भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। अघिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या २६ लाख ७० हजार ७४ बढेको छ।

२०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। नेपालमा १०–१० वर्षमा जनगणना हुने गर्छ।

नयाँ तथ्यांकअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ पुगेको छ। 

नेपालको सबैभन्दा बढी जनसंख्या रहेको वाग्मतीमा ६१ लाख २० हजार रहेको छ, जुन कुल जनसंख्याको २०.९७ प्रतिशत हो। सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो, जहाँ कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत, पहाडमा ४०.३१ प्रतिशत र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत जनसंख्या रहेको छ।

देशभरिमा कुल परिवारसंख्या ६६ लाख ६६ हजार ९३७ रहेको तथ्यांकले देखाएको छ। जनगणनाअनुसार हाल नेपालको वार्षिक औसत जनसंख्या वृद्धिदर प्रति वर्ष ०.९२ प्रतिशत रहेको छ भने जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ।

सबैभन्दा धेरै जनघनत्व र जनसंख्या भएको जिल्ला काठमाडौं रहेको छ। काठमाडौंमा ५ हजार १६९ जना प्रतिवर्ग किलोमिटर जनसंख्या हुँदा जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्