नेपालमा अन्य लिंगीको जनसंख्या २९२८
केन्द्रीय तथ्यांक विभागले आज (शुक्रबार) सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार यौनिक तथा अल्पसंख्यकको जनसंख्या २ हजार ९२८ जना रहेको हो।
काठमाडौं, चैत १० : नेपालमा अन्य लिंगी (लैंगिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ जना रहेको छ।
केन्द्रीय तथ्यांक विभागले आज (शुक्रबार) सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार यौनिक तथा अल्पसंख्यकको जनसंख्या २ हजार ९२८ जना रहेको हो। यो नेपालको कुल जनसंख्याको ०.०१ प्रतिशत हो।
सबैभन्दा बढी बागमतीमा ३२.७ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम २.८ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











