नेपालको साक्षरता दर ७६.३ प्रतिशत, पुरुषको ८३.६ र महिलाको ६९.४ प्रतिशत
विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ।
काठमाडौं, चैत १० : नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ।
केन्द्रीय तथ्यांक विभागले आज (शुक्रबार) सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ।
पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत कम छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











