नेपालको जनसंख्या २ करोड ९१ लाख
तथ्यांकअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ।
काठमाडाैं, चैत १० : जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमबीच राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।
तथ्यांकअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ।
लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ। अघिल्लो तथ्यांकमा यो अनुपात ९४.१६ थियो ।
जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या छ ।
सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी ९लैङ्गिक तथा यौनिक अल्पसंख्यक० को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो।











