वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
काठमाडाैं, चैत १० : वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचक ताम्राकारको ८६ वर्षीयको बिहीबार राति निधन भएको हो ।
उनी पछिल्लो समय निमोनियाको उपचार गराइरहेकी थिइन्।
बनेपामा जन्मिएकी ताम्राकार नेपाली भाषालाई असाध्यै माया गर्ने सञ्चारकर्मी मानिन्थन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
उनी पछिल्लो समय ईमेज एफएम ९७।९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन्।
प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











