Kathmandu Press

मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपी नियुक्त गरिने 

शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् ।
मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपी नियुक्त गरिने 

काठमाडौं, चैत १० : शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । 

शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुबीच तीव्र प्रतिस्पर्धा छ । 

५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । 

आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि रहेको बुझिएको छ । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । 

प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्