Kathmandu Press

मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना

विभागअन्तर्गतको मौसम पूर्वानुमा महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 
मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत १० : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमा महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन तथा  चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदलीका साथै गण्डकी, बागमती र कोशी प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:५७ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्