वाग्मती प्रदेशसभाको बैठक बस्दै
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपछि प्रदेशसभा बैठक चैत १० गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो ।
काठमाडौं, चैत १० : वाग्मती प्रदेशशभाको बैठक आज बस्दै छ । बुधबारका लागि बोलाइएको बैठक आजका लागि बोलाइएको हो । नेपाली कांग्रेसका सांसदहरू अनुपस्थित हुने भएपछि बुधबारका लागि बोलाइएको वाग्मती प्रदेशसभाको आजका लागि सारिएको थियो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपछि प्रदेशसभा बैठक चैत १० गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो ।
बुधबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर, आफूहरूसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको थियो ।
प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार