Kathmandu Press

बार्सिलोनाले ग्रानाडालाई हरायो, मेस्सीले गरे निर्णायक गोल

काठमाडौं, माघ ६ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्रानाडालाई एक–शून्यले हरायो ।  ब....

बार्सिलोनाले ग्रानाडालाई हरायो, मेस्सीले गरे निर्णायक गोल

काठमाडौं, माघ ६ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्रानाडालाई एक–शून्यले हरायो ।  बार्सिलोनाको जितमा लियोनल मेस्सीको दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै नयाँ प्रशिक्षक क्विक सेटिनले बार्सिलोना यात्रा जितका साथ आरम्भ गरेका छन् । ६९औँ मिनेटमा जर्मन सान्चेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ग्रानाडाको डिफेन्स झनै कमजोर देखियो ।

 त्यसको सात मिनेटपछि नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । जितसँगै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलबाट ४३ अङ्क बनाएको छ । समान अङ्क भएको रियल मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्