Kathmandu Press

रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष न्यौपानेविरूद्ध काठमाडाैं जिल्ला अदालतमा मुद्दा दर्ता

रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष न्यौपानेविरूद्ध काठमाडाैं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडाैं, चैत ९ : रिडी हाइड्रोपावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएकाे छ। भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले मंगलबार (चैत ८ गते) मुद्दा दायर गरेकाे हाे।

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकाे समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेकाे पाइएकाे छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन्।

यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ।

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्