Kathmandu Press

सार्वजनिक स्थानमा फाेहाेर फाल्ने दुई जनालाई काठमाडौं महानगरपालिकाले तिरायाे जरिवाना

महानगरले कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै १२ हजार रूपैयाँ जरिवाना तिराएको हो। 
सार्वजनिक स्थानमा फाेहाेर फाल्ने दुई जनालाई काठमाडौं महानगरपालिकाले तिरायाे जरिवाना

काठमाडाैं, चैत ९ : सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएकाे छ।

महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै १२ हजार रूपैयाँ जरिवाना तिराएको हो। 

मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको हो। 

काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो। 

मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको हो ।

महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ। 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्