Kathmandu Press

शीर्ष स्थानमा लिभरपुललाई १६ अंकको अग्रता

काठमाडौं, माघ ६ : योर्गेन क्लपको प्रशिक्षणमा लिभरपुलले पछिल्ला २ सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । इंग्लिस प्रियिमर लिगअन्तर्गत आइतबार राति भएको खेल....

शीर्ष स्थानमा लिभरपुललाई १६ अंकको अग्रता

काठमाडौं, माघ ६ : योर्गेन क्लपको प्रशिक्षणमा लिभरपुलले पछिल्ला २ सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । इंग्लिस प्रियिमर लिगअन्तर्गत आइतबार राति भएको खेलमा पनि लिभरपुलले सोही लयलाई निरन्तरता दियो । 

आइतबार राति एन्डफिल्डमा पाहुना टिम म्यान्चेस्टर युनाइटेडलाई २–०ले हराउँदै लिभरपुल उपाधि तर्फ अग्रसर भएको छ । यो जितसँगै शीर्ष स्थानमा १६ अंकका अग्रता बनाउँदै लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधि नजिक पुगेको हो । 

अघिल्लो सिजन पनि लिभरपुल उपाधिको एकदमै नजिक पुगेको थियो । ९९ अंक जोड्दा पनि म्यान्चेस्६र सिटीसँग १ अंकले पछि पर्दै लिभरपुल उपाधिबाट बञ्चित भएको थियो । लिभरपुलले अन्तिम पटक सन् १९८९/९० मा इपिएल उपाधि जितेको थियो । 

जारी सिजन अपराजित रहेको लिभरपुलले २२ खेलमा २१ जित र १ बराबरी खेल्दै ६४ अंक जोडेको छ । त्यो बराबरी पनि युनाइटेडसँग नै थियो । २३ खेमला ४८ अंकका साथ सिटी दोस्रो स्थानमा छ भने ४५ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्