Kathmandu Press

काठमाडाैंकाे चक्रपथमा चार सवारी साधन आपसमा ठोक्किए

काठमाडाैंकाे चक्रपथमा चार सवारी साधन आपसमा ठोक्किए

काठमाडाैं, चैत ९ : काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा चार वटा सवारी साधन आपसमा ठोक्किएका छन्। बिहीबार दिउँसो एक कारले तीन माेटरसाइकल र एक स्कुटरलाई ठक्कर दिएकाे हाे। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार दुर्घटना दिउँसो सवा २ बजेतिर भएकाे थियाे।

दुर्घटनामा परी ८ जना घाइते भएका छन्। तीमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अन्यलाई ह्याम्स अस्पतालमा लगिएको छ।

दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ।

प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्