Kathmandu Press

काठमाडौं महानगरले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन्।
काठमाडौं महानगरले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

काठमाडाैं, चैत ९ : काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो। सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन्।

स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चूनौति सम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उनले बताइन्।

सम्मेलनको पहिलो दिन बिभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले जानकारी दिइन्।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरु नजिकैको सरकारी कार्यालयहरुमा मेलमिलापका माध्यमबाट समाधान गराउन काठमाडौं महानगरले आवश्यक कानून तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन्।

जारी भएका कानूनी प्रवन्धको कार्यान्वयन गर्दै सवै वडामा महिला सञ्जाल गठन भइरहेको उहाले बताइन्। न्यायिक समितिमा आउने धेरै विवादहरुमा बहाल र कोठा खाली गराउने बिषयका छन्। उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्