Kathmandu Press

सम्मानजनक रूपमा सरकारमा सहभागी हुने लोसपाकाे निर्णय

बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरुसँगै सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।
सम्मानजनक रूपमा सरकारमा सहभागी हुने लोसपाकाे निर्णय

काठमाडाैं, चैत ९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ। 

बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरुसँगै सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

सम्मानजनक रुपमा सरकारमा सहभागीताका बिषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए।

उहाले चूनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले बिभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ बर्षै गठबन्धनको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्नुपर्ने बताए।

बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए। अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफु अनुकुलको तयारी गर्ने भण्डारीको भनाइ छ।

बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुर्नगठनका साथ संगठनलाई सदृढिकरणमा ध्यान दिने निर्णय गरेको भण्डारीले बताए। 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्