Kathmandu Press

एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल

उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे।
एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल

देउखुरी, चैत ९ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए। 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए।

उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए। उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे।

उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक संकट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्