नियमित सेक्सले स्वास्थ्यमा हुने ६ फाइदा
नियमित यौन सम्पर्कले समयभन्दा अघि नै हुने मिनोपज अर्थात रजोनिवृत्ति रोक्न सहयोग पुग्ने नयाँ अध्ययनले देखाएको छ।
युनिभर्सिटी कलेज लन्डनले गरेको नयाँ अध्य....
नियमित यौन सम्पर्कले समयभन्दा अघि नै हुने मिनोपज अर्थात रजोनिवृत्ति रोक्न सहयोग पुग्ने नयाँ अध्ययनले देखाएको छ।
युनिभर्सिटी कलेज लन्डनले गरेको नयाँ अध्ययन अनुसार महिनामा एक पटक वा थोरै यौन सम्पर्क राख्ने चालिस वा पचासको दशकको मध्यतिरको उमेरका महिलाभन्दा सातामा एक पटक यौन सम्पर्क राख्ने महिलाहरूलाई चाँडै रजोनिवृत्ति हुने सम्भावना २८ प्रतिशत कम हुन्छ।
तर सक्रिय यौन जीवनका अन्य फाइदा पनि छन्। सुरक्षित यौन सम्बन्ध स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
१. मुटु स्वस्थ हुन्छ
मुटुको धड्कन बढाउनलाई दौडिनै पर्छ भन्ने छैन। युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले यौन सम्पर्क राख्दा पनि भर्याङ उक्लिँदा जत्तिकै मुटुको धड्कन बढ्ने पत्ता लगाएको छ। ध्यान दिनुपर्ने: सबै काम यौनसाथीलाई मात्रै दिनु हुँदैन।
२. तनाव कम हुन्छ
हस्तमैथुन लगायत यौन सम्पर्कले तनावबाट मुक्ति दिन्छ। सन् २००६ मा बायोलोजिकल साइकोलोजीमा प्रकाशित लेख अनुसार “पेनिट्रेटिभ” वा “नन पेनिट्रेटिभ सेक्स” वा हस्तमैथुन गर्नेहरू तनावको व्यवस्थापन राम्ररी गर्न सक्छन्।
३. स्वास्थ्य वृद्धि हुन्छ
सन् २००७ मा ५७ देखि ८५ वर्षका तीन हजार अमेरिकी सहभागी अध्ययनमा सक्रिय यौन जीवन भएका व्यक्ति जीवनको उत्तरार्द्धमा बढी स्वस्थ हुने देखिएको छ। बढी स्वस्थ भएकाले उनीहरूको यौन जीवन पनि बढी स्वस्थ भएका हुनसक्छन् तर अन्य अध्ययनहरूले यौन गतिविधि र स्वास्थ्यबीच सम्बन्ध भएको देखाएका छन्।
४. प्राकृतिक औषधि
सन् १९५० को दशकमा विवादित अमेरिकी मनोवैज्ञानिक ह्यारी हार्लोले बाँदरलाई एउटा पिँजडामा थुनेर तारले बनेको दूध दिने “आमा” वा नरम कपडाले बनाइएको दूध नदिने “आमा”सँग राखे। थुनिएका बाँदरले नरम कपडाले बनेको “आमा” बढी मन पराए। दूध दिन नसके पनि उनीहरू “आमा”सँग अँगालो हालेर बस्न सक्थे।
बाँदरजस्तै मानिसलाई स्पर्शको बढी आवश्यकता हुन्। हामीले एकअर्कालाई छुँदा मष्तिष्कले अक्सिटोसिन भन्ने हर्मोन उत्पादन गर्दछ। यसलाई “लभ ड्रग” पनि भनिन्छ। यौन सम्पर्क राख्दा उत्पादन हुने अक्सिटोसिनले शान्त र मायालु अनुभव गराउनुका साथै निदाउन पनि सहयोग गर्दछ।
५. स्मार्ट बनाउँछ
कोभेन्ट्री विश्वविद्यालयले गरेको अनुसन्धानमा यौन जीवन सक्रिय भएका ५० देखि ८९ वर्षका व्यक्तिले निष्क्रियभन्दा संज्ञानात्मक परीक्षणमा राम्रो प्रदर्शन गरेका थिए। विशेषगरी पुरूषलाई बढी फाइदा पुग्ने देखिएको छ। संख्या अनुक्रम र स्मरण शक्तिसम्बन्धी परीक्षणमा उनीहरूले राम्रो प्रदर्शन गरेका थिए।
स्मरण शक्तिसम्बन्धी परीक्षणमा महिलाले राम्रो प्रदर्शन गरे पनि संख्याको अनुक्रमसम्बन्धी परीक्षणमा पुरूषको तुलनामा त्यति राम्रो प्रदर्शन गर्न सकेनन्।
६. रोगबाट सुरक्षा दिनसक्छ
सेक्सले इम्युनोग्लोबुलिन ए नामक एन्टिबडी उत्पादन गर्छ भन्ने प्रमाण सीमित छ। सन् २००४ मा साइकोलोजी रिपोर्टमा प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा सातामा एक वा दुई पटक यौन सम्पर्क राख्ने व्यक्तिमा इम्युनोग्लोबुलिन 'ए'को मात्रा ३० प्रतिशत बढी भएको पत्ता लागेको छ।
तर सातामा दुई पटकभन्दा धेरै यौन सम्पर्क राख्ने व्यक्तिमा इम्युनोग्लोबुलिन 'ए' को मात्रा यौन सम्पर्क नराख्नेको तुलनामा कम भएको देखियो।