Kathmandu Press

पात्रलाई पहिचान बनाएका विपिन

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल विपिन रंगमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर र अन्यभन्दा फरक देखिन्छन्।
पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौं, चैत ९ : नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता हुन्, विपिन कार्की ।

‘लुट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित गरेपछि उनलाई दर्शकले ‘जात्रा’पश्चात् चिनेका हुन्।

‘जात्रै जात्रा’,  ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल विपिन रंगमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर र अन्यभन्दा फरक देखिन्छन्।

Hardik ivf

‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका उनले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकार गरे। तर,  निर्देशक दीपेन्द्र के खनालको आग्रहमा उनले फिल्ममा त्यो भूमिका गरेनन्।

‘दर्शकले विश्वास गर्नुहुन्न की ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि ‘के घर के डेरा’ मा शङ्खेको भूमिका निर्वाह गरेको हुँ’, उनले भने। यद्यपि निर्माण भएको उक्त चरित्रमा उनी  ‘फूलबारी’मा देखिए।

bipin-karki-actor-theatre-artistnepal-3-1679553631.jpg

अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे। चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो।

‘चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ, त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, विपिन भन्छन्, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन। दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ।’

प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा विपिनले गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन्। ‘प्रसाद’ कै दोस्रो शृंखला भए पनि यसको कथावस्तु फरक रहेको उनले बताए । फिल्ममले नामको विश्वास धान्ने काम गरेको बताउँदै उनले पहिलो शृंखला मन पराउनु भएकोलाई निराश बनाउने बताए।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्