Kathmandu Press

परीक्षा केन्द्र सार्ने त्रिवीको निर्णयप्रति विद्यार्थी संगठनको अपात्ति

तीन विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्दै परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय भएको उल्लेख गरेका छन्।
परीक्षा केन्द्र सार्ने त्रिवीको निर्णयप्रति विद्यार्थी संगठनको अपात्ति

काठमाडौं, चैत ९ : परीक्षा केन्द्र सार्ने त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको निर्णयप्रति तीन विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।

चैत १२ गतेका सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षाको केन्द्र सार्ने त्रिवीको निर्णय तत्काल फिर्ता लिने नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले माग गरेका छन्।

तीन विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्दै परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय भएको उल्लेख गरेका छन्।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्यनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय गरिएको छ । विद्यार्थीलाई दुःख दिने मनसायकासाथ गरिएको परीक्षा केन्द्र टाढा सार्ने निर्णय तत्काल नसच्याए संघर्ष गर्न बाध्य हुनेछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्