Kathmandu Press

छन्त्यालले जिते सर्वोकृष्ट मौलिक लोकगायक अवार्ड

दोश्रो लुम्बिनी लोकदोहोरी अवार्ड २०७९मा उनले ‘पञ्जेबाजा बाजा बजाउँदै’ गीतका लागि सर्वोकृष्ट मौलिक गीत गायकको अवार्ड जितेका हुन्।
छन्त्यालले जिते सर्वोकृष्ट मौलिक लोकगायक अवार्ड

काठमाडाैं, चैत ९ : लोक तथा दोहोरी गायक युवराज छन्त्यालले वर्षको सर्वोकृष्ट मौलिक गीत गायकको अवार्ड जितेका छन्।

दोश्रो लुम्बिनी लोकदोहोरी अवार्ड २०७९मा उनले ‘पञ्जेबाजा बाजा बजाउँदै’ गीतका लागि  सर्वोकृष्ट मौलिक गीत गायकको अवार्ड जितेका हुन्।

प्रवासमा रहेर लोकगीत संगीतमा योगदान गर्दै सर्वोत्कृष्ट मौलिक सिर्जना गरेवापत उनले उक्त अवार्ड पाएका हुन्। उनले हालसालै पनि नाच्न मन लाग्छ बोलको पञ्चेबाजा गीत सार्बजनिक गरेका छन् ।

विशाल मुभिजले आयोजना गरेको अवार्डमा विभिन्न विद्याका ५० बढी विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्