दाङको महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ विजयी
विसंघका मनोज डिसी १ हजार ९६ मत ल्याउँदै स्ववियु सभापति बनेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका हिमाल महराले ६२० मत प्राप्त गरे।
दाङ, चैत ९ : दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको छ। नेविसंघका मनोज डिसी १ हजार ९६ मत ल्याउँदै स्ववियु सभापति बनेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरे। यहाँ एक सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन्।
सचिवमा नेविसंघकै बसन्त भण्डारी कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।
त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।
प्रकाशित मिति: १०:४० बजे, बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











