काठमाडौं प्लाजा महानगरले भाडामा लियो
महानगरले कार्यालय प्रयोजनका लागि काठमाडौं प्लास भाडामा लिएको हो । हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन हुनेछ।
काठमाडौं, चैत ९ : कमलादीस्थि काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकाले भाडामा लिएको छ। काठमाडौं प्लास भाडामा लिनमा लागि महानगरले नेपाल ट्रस्टसँग सम्झौता गरेको छ।
महानगरले नेपाल ट्रष्टसँग १० वर्षका लागि काठमाडौं प्लास भाडामा लिने सम्झौता गरेको छ। सम्झौताअनुसार पाँच वर्षपछि १० प्रतिशतले भाडा वृद्धि हुनेछ।
महानगरले कार्यालय प्रयोजनका लागि काठमाडौं प्लास भाडामा लिएको हो । हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन हुनेछ।
पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ छ।
प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार