Kathmandu Press

सत्तारुढ गठबन्धनको बैठक सकियो, सरकार विस्तार र शक्ति बाँडफाँटमा छलफल

बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयबारे प्रारम्भिक छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल भएको बताए।
सत्तारुढ गठबन्धनको बैठक सकियो, सरकार विस्तार र शक्ति बाँडफाँटमा छलफल

काठमाडाैं, चैत ८ : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयबारे प्रारम्भिक छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल भएको बताए।

मन्त्रालय बाँडफाँटको विषयमा टुंगो लागि नसकेको र केही दिनभित्र टुंगोमा पुग्ने उनले बताए।

प्रधानमन्त्री दाहालले ६ चैतमा विश्वासको मत लिए पनि अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । यद्यपि उनले चैत १० गतेसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने तयारी गरिरहेको बताएका छन्।

बुधबार बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी थिए।

प्रकाशित मिति: २०:५४ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्