Kathmandu Press

चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाको नयाँ चलचित्र

‘बहावमा प्रेमी र विद्रोहीको चरित्रमा छु। कलात्मक शैलीमा यसको निर्माण गरिएको छ,’ उनी भन्छिन्, ‘बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो।’
चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाको नयाँ चलचित्र

काठमाडौं, चैत ८ : चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेका चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनय प्रतिको समर्पण देखिन्छ।

चलचित्र ‘आमा’ को लागि सुरक्षाले केश मुण्डन गरेकी थिइन्। एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको संख्या न्यून छ, नेपाली फिल्म क्षेत्रमा। पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउर्ने उनी बताउँछिन्।

Hardik ivf

‘मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु’, उनी भन्छिन्, ‘म विधिमार्फत् पात्रमा बाँच्ने कोसिश गर्छु।’

चैतमै सुरक्षाका दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शनमा आउँदैछन्। दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र भएको उनले बताइन्।

‘बहावमा प्रेमी र विद्रोहीको चरित्रमा छु। कलात्मक शैलीमा यसको निर्माण गरिएको छ,’ उनी भन्छिन्, ‘बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो।’

बहावको छायांकनमा उनी सुगासँग नजिकिएकी छिन्। ‘कार्यशालादेखि नै सुगासँग भएँ, एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ ।  यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ,’ उनले सुरक्षाले भनिन्।

‘नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ’, उनी भन्छिन्।

 

प्रकाशित मिति: २०:२८ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्