उपसभामुख शिवमायाले भोलि राजीनामा दिने
काठमाडौं, माघ ५ : सभामुखको उम्मेदवार चयन नगरी राजीनामा नदिने अडान राख्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले भोलि (सोमबार) राजीनामा दिने भएकी छन्।&nb....
काठमाडौं, माघ ५ : सभामुखको उम्मेदवार चयन नगरी राजीनामा नदिने अडान राख्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले भोलि (सोमबार) राजीनामा दिने भएकी छन्।
नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिने भएकी हुन्। संविधानमा संसदको सभामुख र उपसभामुख एउटै दलबाट हुन नसक्ने प्रावधान भएकाले नेकपाबाट सापकोटाको उम्मेदवार दर्ता गराउन पनि शिवमायाले राजीनामा गर्नै पर्ने हुन्छ।
आइतबार नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिवमाया बालुवाटार पुगेकी थिइन्। उक्त भेटमा उनी उपसभामुखबाट राजीनामा दिन तयार भएकी हुन्।
यसअघि तुम्बाहाम्फेले आफू सभामुख बन्न पाउनुपर्ने माग गर्दै नेकपा सचिवालयको निर्णय नमान्ने र उपसभामुखमाथि दलको ह्वीप नलाग्ने बताउँदै आएकी थिइन्। सभामुख चयनबारे छलफल गर्न सोमबार बिहान नेकपा संसदीय दलको बैठक बोलाइएको छ।
दलको बैठकपछि बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने स्रोतको दाबी छ।




