Kathmandu Press

राष्ट्रपति पौडेलसँग चीनका राजदूत चेन सङकाे भेटवार्ता

राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ।
राष्ट्रपति पौडेलसँग चीनका राजदूत चेन सङकाे भेटवार्ता

काठमाडाैं, चैत ८ : नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भयो।’
 
प्रकाशित मिति: १७:५९ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्