Kathmandu Press

एआईजीमा बढुवा भएका ५ प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न

बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दज्र्याही चिह्न प्रदान गरेका हुन्।
एआईजीमा बढुवा भएका ५ प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न

काठमाडाैं, चैत ८ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले दर्ज्यानी चिह्न लगाएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दज्र्याही चिह्न प्रदान गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिएका थिए।

उनले संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए।

प्रकाशित मिति: १७:५० बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्