Kathmandu Press

वाग्मती प्रदेशसभाको बैठक शुक्रबारका लागि सारियाे

आज (बुधबार) अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो।
वाग्मती प्रदेशसभाको बैठक शुक्रबारका लागि सारियाे

हेटौंडा, चैत ८ : वाग्मती प्रदेशसभाको बैठक शुक्रबारका लागि सारिएको छ।

आज (बुधबार) अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो। 

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका थिए तर कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो। 

प्रकाशित मिति: १७:४१ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्