वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा
काठमाडौं, माघ ५ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।
खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डय....
काठमाडौं, माघ ५ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।
खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष आइतबार राजीनामा पत्र बुझाएका हुन्। खरेललाई मन्त्रिपरिषद् बैठकले गत २०७५ भदौ ३१ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।
खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।
प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, माघ ५, २०७६
थप समाचार




