Kathmandu Press

राष्ट्रियसभामा शोक प्रस्ताव पारित, वार्षिक प्रतिवेदन पनि पेस

समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेश गरेकी हुन्।
राष्ट्रियसभामा शोक प्रस्ताव पारित, वार्षिक प्रतिवेदन पनि पेस

काठमाडाैं, चैत ८ : राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ।

समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेश गरेकी हुन्।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए।

त्यस्तै उनले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराएका थिए।

बैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। 

संविधानसभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको हो। उनी २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्यका रुपमा निर्वाचित भएका थिए। राष्ट्रियसभाको अर्को बैठक यही चैत १२ गते आइतबार अपराह्न १ बजे बस्नेछ।  

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्